काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी आज बुधबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।
त्यस्तै सत्तारुढ दलहरूको बैठकमा पनि १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुने बताइएको छ ।