काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको सूचना आएपछि नेपाली सेनाले विमानको चेकजाँच गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार ह्वाट्सएपमार्फत सो धम्कीपूर्ण सूचना आएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सेनाले सर्च जाँच गरिरहेका छन् ।
विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको बताइएको छ ।
यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण गरिएको थियो ।
भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेको जनाइएको छ ।