काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिन आइतबार ४७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११.१४ अंकले घटेर ४७६.२४ विन्दुमा पुगेको छ।
नेप्से उच्च अंकले घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा गिरावट आएको छ। यसदिन ३१९ स्क्रिप्सको १ करोड ३८लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ८ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंको ९.८२ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको ५.५२,पिपुल्स हाइड्रोपावरको ४.८४ र मानुषी लघुवित्त वित्तीय संस्थाो ३.९९ प्रतिशतले सेयर मूल्य बढ्यो ।