काठमाडौँ । आइतबारदेखि लाइसेन्स बाेकेर हिँड्नुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ । आजदेखि नागरिक एपमा नै डिजिटल लाइसेन्स देखाए हुने भएकाे हाे । नागरिक एपको डिजिटल लाइसेन्सलाई बागमती प्रदेश सरकारले मान्यता दिएपछि अब डिजिटल लाइसेन्सले काम गर्ने भएकाे हाे ।
नागरिक एपमा नयाँ अपडेट आएसँगै लाइसेन्स लिङ्क गरिएको छ जसको तल क्यूआर कोड देख्न सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि असोज १८ गते नै ट्राफिक प्रहरीहरूलाई लाइसेन्स स्क्यान गर्ने विशेष किसिमका स्मार्टफोन दिएको थियो । साेहि अनुरूप हाल ट्राफिक प्रहरीलाई ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन दिइएको छ ।
अब चालकको एपमा देखिने क्यूआर कोड खटिएका ट्राफिक प्रहरीले उक्त स्मार्टफाेनमा स्क्यान गरेमा चालकको सबै विवरण देखिनेछ। चालकले सवारी नियम उलङ्घन गरेकाे ट्राफिक प्रहरीले पाएमा एपबाटै उनीहरूले चिट काट्न सक्नेछन् ।