काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ६५ हजार कायम भएको हो। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो ।