काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेका छन् ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
भाटभटेनी सरकार मुर्दावाद, सरकार मर्यो, जनातालाई जुठो पर्यो, सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरिएको छ ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।