काठमाडौँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।
असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो ।