काठमाडौं । अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन् ।
साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।
भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ ।