काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो ।
आज ३२९ कम्पनिको कारोबार हुदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज हिमालयन हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ ।
यसैवीच नेपाल स्टक एकसचेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।
सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो ।
नेप्सेले सूचनामा भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ ।’
साथै नेप्सेले बुझेर मात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने बताएको छ ।