काठमाडौं । सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा अडिएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ७ अर्ब २४ रुपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो।
दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी थ्री स्टार हाइड्रोपावरको सेयर ९.४८ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीयको ६.८१,कालिका लघुवित्त वित्तीय संस्थाको ६.६६ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ६.०४ प्रतिशतले बढ्यो।