काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह, अध्यक्ष परिवर्तन गर्न प्रस्ताव गरेका छन ।
सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन ।
शर्माले अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा बसेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले बताएको छ ।
शर्माले केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो रोज्नु पर्ने बताएका छन् ।
साथै शर्माले सत्ताको नेतृत्व गर्ने अवसर आएमा प्रचण्डलाई नै दिनुपर्ने प्रस्ताव पनि गरेका छन् ।

























