काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई द्रुतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार द्रतुमार्गअन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।
पहिला पनि आफूले नेपालले नै बनाउनु पद्र्ध भनेर घोषणा गरेर बजेट समेत छुट्याएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यस मार्गमा आउने बाधा व्यवधान समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको प्रधानमन्त्रीले बताएका छन् ।
ब्रेक थ्रु कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जग्गामा राजनीति भइरहेको बताएका थिए ।
द्रुतमार्गको सुरुङमार्ग ब्रेक थु्र खुसीको विषय भएको भन्दै प्रधानमन्त्री ओलीले विकासका काम जुन रफ्तारमा हुनुपर्ने त्यो नभएको भन्दै अब गर्नुपर्ने बताएका छन् ।
आफूले पहिले नै नेपाल टनेल युगमा प्रवेश गरेको वताएको भन्दै प्रधानमन्त्री ओलीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिलाई स्तरिय र प्रविधिका हिसावले पनि अगाडि बढाउनु पर्ने बताएका छन् ।
मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ ।
ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी थिए ।
कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । २१ बैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालार्इ दिइएको थियो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।
अहिले ६.५ किलोमिटरदेखि ७०.९७७ किलोमिटर सड्क खण्डमा काम भइरहे पनि सुरुआती बिन्दु खोकनाबाट ६.५ किलोमिटर खण्ड विवादका कारण काम सुरु हुन सकेको छैन ।