काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।
एमाले पार्टी कार्यालयमा आज आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताउँदै कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजका रुपमा काम नगर्ने स्पष्ट पारेका हुन ।
आफूहरुले गर्ने भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्नका लागि भएको बताएका छन् ।
त्यस्तै ओलीले एमालेभित्र कुनै गुटबन्दी स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ भने पनि एमालेमा कुनै गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
























