काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।
एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।
त्यस्तै, पार्टीले उपाध्यक्षमा गुरु बराल, स्थायी कमिटी सदस्यमा लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई मनोनीत गरेको छ भने १७ जनालाई केन्द्रीय कमिटीमा समावेश गरेको छ।
त्यस्तै वैठकले १७ जनालाई केन्द्रीय कमिटीमा थप गरेको छ ।
थपिएका केन्द्रीय सदस्यहरुमा सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी , महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगु रहेका छन् ।

























