काठमाडौं । शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । आफ्नै घर सिरहामा उनको आज बिहान ८ बजे निधन भएको परिवारले जनाएको छ ।
गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएपछि गत चैतदेखि उपचार गरिरहेका थिए । ६९ वर्षका कामत उपचारका लागि आर्थिक संकट भएपछि एक महिनाअघि मात्र काठमाडौँबाट सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
पछिल्ला ४० वर्षदेखि उनी काठमाडौँमा बसेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गरिरहेका थिए ।
उनको आजै अन्त्येष्टि गर्ने बताइएको छ ।