काठमाडौँ । सेयर बजारमा आज दोस्रो पटकको सर्किट लागेको छ । नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो ।
पहिलोपटक सर्किट लाग्दा २० मिनेट बन्द भएको बजार दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द भएको छ ।
मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।