काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको पक्षमा दुई तिहाई सांसदले समर्थन गरेका छन् । ओलीले राखेको विश्वासको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको छ भने तटस्थमा १ मत परेको छ । आजको वैठकमा २६३ जना सांसदको उपस्थिति थियो ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले राखेको विश्वास मतको पक्षमा १८८ मत परेकाले उनले श्विासको मत प्राप्त गरेको घोषणा गरेका छन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक थियो । ओलीले १८८ मत प्राप्त गरेका छन् ।

























