काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
कांग्रेस एमालेले प्रचण्डलाई राजीनामा दिन सुझाव दिएका थिए । तर उनले आफ्नो सम्वैधानिक हक अनुसार विश्वासको मत लिने अडान लिएका हुन ।





















