काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने संसदमा विश्वासको मतको सामना गर्ने भएका छन् । आज विहान वालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले सो निर्णय गरेको एक नेताले बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने सोच बनाएकाले पार्टीको तर्फबाट सवै पदाधिकारीले समर्थन गरेको एक नेताले बताएका छन् । विश्वासको मतका लागि कांग्रेस, रास्वपा, राप्रपा, एमाले सवैसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको ती नेताले बताएका छन् ।
दुई पार्टीले सहमति गरेर राष्ट्रिय सहमतिको नबन्ने बताउँदै माओवादी नेताहरुले बताएका छन् ।
कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रचण्डले बैठक डाकेका थिए ।
दुई ठूला दल मिलेकाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिँदा उपयुक्त हुने मत माओवादी भित्र पनि देखिएको छ भने राजनीतिक विश्लेषकहरुले पनि सोही सुझाव दिएका छन् ।
प्रचण्डले राजीनामा नदिएमा एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएकाले उनले अझै एक महिना सरकारको नेतृत्व गर्न सक्ने छन् ।
संसदका वहुमत सदस्यको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर नयाँ सरकार गठनको प्रक्रिय अघि बढ्न सक्ने सम्भावना पनि रहेको छ । केही महिना अघि कोशी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई पर्खास्त गरेर नयाँ मुख्यमन्त्रीको आव्हान गरे झै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको लागि आव्हान हुन सक्ने सम्भावना पनि रहेको कानूनविद्हरुले बताएका छन् ।