काठमाडौं । नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ । आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले एमाले संसदीय दलले वजेट पारितको प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी गरेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थिति हुन भनेका छन् ।