काठमाडौं । अघिल्लो कारोबार दिन आइतबार दोहोरो अंकले वृद्धि भएको सेयर बजार आज एकल अंकले ओरालो लाग्यो। नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा कायम भएको हो।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से १३ अंकले बढेको थियो। सेन्सेटिभ इण्डेक्स ०.४२ प्रतिशतले घटेर ३७०.०६ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३१६ स्क्रिप्सको ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ४ अर्ब ३१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। एनआईबीएल स्टाबल फण्डका लगानीकर्ताले भने गुमाए। सो को सेयरमा १० प्रतिशतले गिरावट आयो ।