काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारीमा गैर-सहकारीवालाको प्रवेश भएको बताएका छन्। एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैर-सहकारीवालाकै कारण सहकारीमा संकट उत्पन्न भएको बताए।
सहकारीमा ठग्नकै निम्ति ती व्यक्तिहरू सहकारीमा आएको उनको भनाइ छ।
अध्यक्ष ओलीले नियममा बसेका सहकारीहरू समस्यामा नभएको बताए। उनले सहकारी आफैंमा राम्रो कुरा भएको बताउँदै त्यसबाट धेरै महिलाहरूले जीविकोपार्जनलाई सहज बनाएको बताए। उनले महिलाहरूले राजनीतिबाहेक केही न केही गर्नुपर्ने बताए। उनले गमलामा खुर्सानी नै किन नहोस् रोप्नुपर्ने बताए।
उनले एमालेलाई सबै क्षेत्रमा निर्णायक बनाएर लैजानुपर्ने बताए। निर्णायक ठाउँमा लगेर नीति निर्माण बनाउने र देशको सार्वभौमसत्तालाई बचाउने अभियानमा लाग्न उनले महिलाहरूलाई निर्देशन दिएका थिए।