काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ ।
त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।
नयाँ मुल्य आइतबार राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ ।