काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा अडिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा कायम भएको थियो । सेन्सेडिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६१.६३ विन्दुमा कायम भएको हो। यसदिन ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन सोमबार २ अर्ब ४८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । डोल्टी पावर र सर्वोत्तम सिमेन्टको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
वीन नेपाल लघुवित्त वित्तीयको ९.४३ प्रतिशतले बढ्दा पिपुल्स पावरको ७.७३,थ्री स्टर हाइड्रोपावरको ६.७६ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ९ करोड ३१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
सोनापुरको ८ करोड,जोशी हाइड्रोपावरको ८ करोड २९ लाख,गुराँस फाइनान्स ८करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
तीन समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन् । यस दिन अनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ ।