काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा कायम भएको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।
यस दिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर २ अर्ब ८८ करोड ५७ लाख ३७ हजार ८१८ रुपैयाँ खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढेपनि पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
गुराँस फाइनान्स,सप्तकोशी डेभलपमेन्ट,पिपुल्स पावर,धवलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

























