काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन् ।
आइतवार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षमा रहँदा एमाले सांसदहरुले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यता अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।
सांसद शर्माले नयाँ सत्तासमिकरण भत्काउने खेल भईरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गरे । उनले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाए ।
सांसद शर्माले संविधान मिच्ने र त्यसको बिरोधमा सडक आन्दोलन गर्नेहरुबीचको नयाँ सत्तासमिकरणले आफूहरु अचम्ममा परेको पनि बताए ।