काठमाडौं । उपप्रधान एवं भौतिक तथा यतायात मन्त्री रघुवीर महासेठले मुलुकको आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्रबीचको सहकार्य अपरिहार्य हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले सरकार र नीजि क्षेत्रका बीच सहकार्यबिना मुलुकले फड्को मार्न नसक्ने बताएका हुन् ।
मन्त्री महासेठले दुवै क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू हटाउनुपर्ने जिकिर गरे।
उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको उल्लेख गरे । उनले नयाँ सरकारले देखिनेगरी काम गर्ने दावी गरे ।