महोत्तरी । उधोग बाणिज्य महासंघ मधेश प्रदेशले बर्दिवास उधोग बाणिज्य संघलाई सम्मान गरेको छ ।
छोटो समयमा नै संघले उत्कृष्ट काम गरेको भन्दै माहासंघले पाचौं प्रदेशसभाको अवसर पारेर सम्मान गरेको हो ।
बाणिज्य, व्यापार तथा व्यापारीहरुको हकहित र विकासका कामहरुमा समेत उल्लेखनीय भुमिका निर्वाह गरेको निष्कर्षसहित सम्मान गरेको माहासंघ मधेशका अध्यक्ष अशोक कुमार टेमानीले वताए ।
महासंघले गरेको मुल्यांकन सहितको सम्मानले उधोग बाणिज्य संघलाई थप काम गर्न प्रेरित र उर्जा थपेको भन्दै संघका अध्यक्ष बिष्णु खडकाले खुसी ब्यक्त गरेका छन ।
`महासंघ मधेशको सम्मानले हामीलाई थप जिम्मेवारीबोध भएको छ,´ अध्यक्ष खडकाले भने ।` हाम्रो टिम विकास र व्यापारीहरुको हकहितको लागी फेरि पनि सक्रिय हुने बिस्वास दिलाउँदछौ ।´
माहासंघका अध्यक्ष टेमानीले संघका अध्यक्ष खडकालाई सम्मानपत्र हस्तान्तरण गर्दै व्यापारीहरुको लागी अभिभावकिय जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया दिए ।
व्यापारीहरुको समस्यालाई उदृढ गर्दै सरोकारवालाहरुलाई सजग गराउनु र समाजसेवाका क्षेत्रमा समेत अग्रणी भुमिका निर्वाह गर्नु वास्तव मै अनुकरणीय भएको अध्यक्ष टेमानीको भनाई छ ।
हरेक उधोग बाणिज्य संघहरुले बर्दिवासले गरेका कामहरुवाट सिक्नुपर्ने वताउदै आगामी दिनमा राम्रा र उपलब्धिमुलक काम हुनेमा उनले बिस्वास ब्यक्त गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठले माहासंघले गरेको सम्मानप्रती उत्साहित हुँदै अध्यक्ष टेमारीले दिएको सल्लाह र सुझाव गम्भिरताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।
खडका अध्यक्षमा निर्वाचित भएदेखी नै उन्को टिमले बर्दिवासमा व्यापारी हकहितको लागी निक्कै योगदान पुर्याउदै आएको छ ।
नगरभित्रका पर्यटकीय गन्तव्यहरुको खोजी गरि पर्वद्वन गर्नेदेखी उधमी र आत्मनिर्भर वनाउन सक्रियता देखाईरहेको स्वयम व्यापारीहरु वताउछन ।