काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
बिहीबार प्रि-ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ ।
यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।