काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।