काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले अंक बढेको छ ।
बुधबार प्रि–ओपन सेसनमा १.२८ अंक बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ ।
यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
यस सेसनमा १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको सेयर मूल्य घटेको छ।