९४ प्रतिशत संसद प्रचण्डमार्गमा हिँडिरहेको छ । माओवादीहरूको शब्दावलीमा प्रयोग हुने ‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटोमात्र हो ।
देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्षमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहूआयामिक र सफल नेता प्रचण्ड हुन् ।
छिमेकीदेखि, अपवादलाई छोडेर, नेपाली नेता, बुद्धिजिवी, प्राज्ञ, पत्रकार र समाजको ठूलो हिस्सा सबैलाई समय अनुसार लटरपटर पारिदिने क्षमता कसैमा छ भने त्यो प्रचण्डमैँ छ । कम्तिमा पनि गत २५ वर्षको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ ।
प्रचण्डको व्यक्तित्व गजबको छ। उनी ५ हजार नेपालीको हत्याको जिम्मेवारी लिन सक्छन् र प्रधानमन्त्री बन्न सक्छन्, उनी हावामा छिमेकीसँग सुरूङ युद्ध लड्न सक्छन् र छिमेकीसँगै लम्पसार पर्न सक्छन् ।
जो सैद्धान्तिक रूपमा पहिलेदेखि गणतन्त्रवादी थिए, उनीहरू ‘प्रचण्डमार्गी’ होइनन् । तर राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि गणतन्त्रवादी भएका ‘माघे गणतन्त्रवादी’हरू सबै प्रचण्डमार्गी हुन् । तर उनीहरू आफूलाई प्रचण्डमार्गी भन्न मन पराउँदैनन् । अझ कति त प्रचण्डलाई घृणा नै गर्छन् ।
प्रचण्डमार्गबाट बाहिरियो भने समाजले शिद्धान्तहीन ढुलमुले भन्ने हो कि भन्ने चिन्ताबाट उनीहरू ग्रस्त छन् । जानी-नजानी उनीहरू ‘अग्रगमन’ नाम दिइएको प्रचण्ड चिन्तनका दास भएका छन् । म पनि झण्डैझण्डै प्रचण्डमार्गमा फसिकसकेको थिएँ । धन्न, बेलैमा आफुले आफैँलाई सच्च्याएँ ।
गणतन्त्र स्थापनाका साहायक कारणहरू धेरै छन् । राजा स्वयंको कार्यशैलीमा भएका कमजोरी, विदेशीहरूको खेल, नेताहरूको निहित स्वार्थ, नागरिकहरूको बहकाऊ आदि इत्यादि । तर ती सबैको केन्द्रमा प्रचण्ड थिए। केन्द्रमा जो हुन्छ त्यही प्रधान हुन्छ। साहायकहरूले जति फुर्ति लगाए पनि ती केन्द्रका रसमा पोसिएका हाँगाबिँगा मात्र हुन् । ती पिपल होइनन् । पिपलका पात हुन् ।
कोही छ यस्तो नेता यस देशमा ? संसदको गणितलाई आधार मान्ने हो भने ९४ प्रतिशत संसद अहिले प्रचण्डमार्गमा हिँडिरहेको छ । प्रचण्डले कोरिदिएको मार्गलाई उनीहरूले आफैँ निर्माण गरेको ‘लोकमार्ग’ संझिएका छन् ।
प्रचण्डको व्यक्तित्व गजबको छ। उनी ५ हजार नेपालीको हत्याको जिम्मेवारी लिन सक्छन् र प्रधानमन्त्री बन्न सक्छन्, उनी हावामा छिमेकीसँग सुरूङ युद्ध लड्न सक्छन् र छिमेकीसँगै लम्पसार पर्न सक्छन् ।
उनी निरन्तर आलोचनाको केन्द्रमा बस्न सक्छन् र आलोचना गर्नेहरूलाई आफ्नै विचारको पुच्छर बनाउन सक्छन्, उनी ‘बोजुवा (bourgeois) शिक्षा’ लिने बालबालिकालाई स्कूलबाट घिसारेर बन्दुक बोकाउन सक्छन् र आफ्नै नातिनातिनालाई ‘सुपर बोजुवा शिक्षा’ दिन सक्छन् ।
उनी राजासँग मिलेर शक्ति हत्याउँदै राजा राख्ने खेलमा सामेल हुन सक्छन् र राजाले त्यो नमानेपछि घनघोर गणतन्त्रवादी हुन सक्छन् । एकजना राजा फालेर एक हजार राजा जन्माउन सक्छन् । धर्म अफिम हो भन्दै गेरू वस्त्र धारण गरी मन्दिरमा पुजा गर्न सक्छन् ।
ढुङ्गाको मुटु लिएर भावुक क्षणमा आँशु झार्न सक्छन् । आवश्यकता अनुसार ‘यू टर्न’ लिन सक्छन् । कांग्रेसलाई लटरपटर पारेर संसदमा ३२ सिट जित्न सक्छन् । ८९ सिट ल्याएको कांग्रेस र ७८ सिट ल्याएको एमालेलाई फनफनी घुमाएर छिमेकीलाई मख्ख पार्दै सत्तामा टिकी रहन सक्छन् ।
कोही छ यस्तो नेता यस देशमा ? संसदको गणितलाई आधार मान्ने हो भने ९४ प्रतिशत संसद अहिले प्रचण्डमार्गमा हिँडिरहेको छ । प्रचण्डले कोरिदिएको मार्गलाई उनीहरूले आफैँ निर्माण गरेको ‘लोकमार्ग’ संझिएका छन् ।
त्यसैले फागुन १ गते कुन दिवस हो भनेर किन विवाद गर्नु । ९४ प्रतिशत सांसद र तिनलाई साथ दिनेहरूले फागुन १ गतेलाई ‘प्रचण्ड दिवस’ नै भनेर मनाए हुन्छ नि । प्रचण्डमार्गी सबैलाई प्रचण्ड दिवसको शुभकामना !
यद्दपी, जस्तोसुकै रूप र रङ्गका पार्टी र नेता आए पनि प्रचण्डमार्ग यस देश र भावी पुस्ताका लागि असुभ छ भन्नेमा म प्रष्ट छु ।
(सन् २०१३ मा प्रचण्डसँगको भेटमा खिचिएको फोटो सहित राप्रपाका नेता मिश्रले गरेको ट्वीट यहाँ प्रस्तुत गरिएको हो ।)