काठमाडौं । गीतकार कुमार शिवाकोटीको चर्चित गीत ‘प्रियसी’ को सफलतासँगै सिउॅंडीको काँडैमा रिलिज गरिएको छ । गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको कांडैमा कल्याण सिंहको संगीत रहेको छ भने मोहीत मुनालको एरेन्ज रहेको छ ।
छमछम नचाउने डान्सिङ शैलीको सिउॅंडीको काँडैमा सुन्दरी मोडल बिना राउतसँग ह्याण्डसम निक्स शर्मा गज्जबसँग खुलेका छन् । एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको प्रेमीले खुलेर प्रशंसा गरिएको सिउॅंडीको काँडैमा निर्देशक प्रहील कार्कीले बिना र निक्सलाई छमछम नचाएका छन् ।
प्रेम, रोमान्सले भरिएको सिउॅंडीको काँडैमाको निर्माताका रुपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी रहेका छन् । यसअघि प्रेम र विरहका गीतहरु बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडियोबाट आँफुले निकै नै आशा राखेको बताए ।
अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन् । उनको हामी नेपाली बोलको गीत रिलिजको क्रममा रहेको छ । गीत लेखनमा लामो समयदेखि आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो ।