काठमाडौं । नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ ।
भोलि (बिहीबार) हुने विरोध प्रदर्शनअघि युवा संघले मसाल जुलुस प्रदर्शन गरेको हो। एमाले युवा नेताहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो ।
युवा संघको पहलमा भोलि सरकारको बेथितिविरुद्ध बृहत् विरोध प्रदर्शन गर्दैछ । एमालेको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले पनि युवा संघको प्रदर्शनलाई ऐक्यवद्धता जनाएको छ ।
























