काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि बिमारी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।
दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।
स्वर्गीय दीपा ओलीका गीत तथा भाका रचना तथा संकलनः
१. मलमलकिरी जुनकिरी– रेडियो नेपाल
२. सयपत्री उनेर लाउने बेलामा– रेडियो नेपाल
३. नबुन ज्ञानी हजारीको ता– रेडियो नेपाल
४. आँखै गाउने गाजलू– म्यूजिक नेपाल
५. पढ छोरी बढ छोरी– रत्न रेकर्डिङ
६. मेरी आमा हुँदी हुन् तो चोली दाइजो दिँदी हुन्– रेडियो नेपाल
७. एकुमा बिराउँ बालाले– रेडियो नेपाल (कृष्ण भजन)
८. म त सानी छु, नानी छु– रेडियो नेपाल (बाल गीत)
९. गाउँको पानी मीठो– के सिरिज कम्पनी (राष्ट्रिय गीत)
१०. देउसी–भैलो– रेडियो नेपाल
ल्गायत २ दर्जनभन्दा बढी गीतहरु ।
सामाजिक संलग्नताः
संरक्षक– दीपा ललित ट्रष्ट ।
आजीवन सदस्य– रेडक्रस नेपाल ।
विभिन्न सामाजिक संघसंगठनमा संलग्न ।
छोराछोरीः
यामिन्द्र ओली
पूर्वमेयर, तुलसीपुर नगरपालिका ।। प्रदेश कमिटी सदस्य, लुम्बिनी प्रदेश, नेकपा एमाले ।
कोमल ओली
राष्ट्रिय सभा पूर्वसदस्य ।। केन्द्रीय सदस्य, नेकपा एमाले ।। गायिका तथा सन्चारकर्मी ।।
नरेन्द्र ओली
स्वतन्त्र पत्रकार ।
प्रज्ञा ओली शरद
मुख्य कार्यक्रम अफिसर, रेडियो नेपाल ।। गायिका ।।
























