काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझासँग भाइटीका ग्रहण गर्नुभएको छ ।
बुधबार बिहान राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनीद्वयसँग भाइटीका ग्रहण गर्नुभएको हो ।
पौडेलले बिहान १०:५१ बजेको शुभ साइतमा बहिनीहरुसँग भाइटीका लगाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।




















