काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा सुरक्षार्कीहरुले दोस्रो दिन पनि खोज तथा उद्दार कार्य जारी राखेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएतले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्दार कार्यलाई जारी राखेका हुन् । त्यस्तै प्रभावित क्षेत्रमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिव १० हजार के.जी. अतिआवश्यक राहत सामग्री ढुवानी गरिएको छ भने राहत वितरण कार्य पनि जारी छ ।
यसैबीच भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको जनाएको छ ।