मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राती आगलागी हुदा ८ घरसहित ९ पसल जलेर खरानी भएका छन । गए राति १२ बजे गमगढी बजारको कृष्णचोक हुदै न्युरोड जाने सडकको छेउमा पर्ने घर तथा पसलहरु जलेर खरानी भएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार, आगलागीबाट पुतली मल्ल, प्रदिप रावल, पंच सेजुवाल, साल्तोना खत्री, जंग ऐडी, सोनाम लामा र तार्के लामाका घर पदमराज मल्लको टिनको टहरा जलेर खरानी भएको हो ।
ती घरहरुमा विभिन्न व्यवसाय गदै आएका नरेश शाही कप्युटर पसल, पुर्णालक्ष्मी मल्ल एलपी ग्यास गोदाम, लक्ष्मी मल्ल होटेल, पदमराज मल्ल फेन्सी पसल,उ द्धीम भाम होटेल, रुपदेवी बुढा तरकारी पसल, शेरबहादुर मल्ल तरकारी पसल, महम्मत साकिर कवडिया टेलर्स र सान्तराज मल्ल हेयर कटिङ्ग व्यवसाय पनि आगलागीबाट खरानी भएका छन\ ।
आगलागी कसरी भयो र क्षती कती भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान र मुचुल्का उठाउने कार्य गरिरहेको छ । सदरमुकाम मुटुमा रहेका घर र व्यवसाय भएकाले करोडौको क्षति अनुमान गरिएको छ । आगो नियन्त्रण गर्ने गमगढी बजारमा वितरित खानेपानीको प्रयोग गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना र नगरप्रहरीले विहान ५ बजे आगो नियन्त्रण लिएको थियो ।
आगलागीबाट पिडित घरधनी, व्यवसायी र घरबहालवालाहरुलाई स्थानिय सरकारकाले तत्काल सहयोग गर्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए । उनका अनुसार, घरधनीलाई प्रतिघरधनी ५० हजार र अरुलाई उपयुक्त नगद सहयोग गरिने छ ।