काठमाडौं । काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक माइतिघरमा नियमित हाजिर हुने निर्णय गरेका छन् ।
काठमाडौं महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै आज सामुदायिक विद्यालयका प्रधानाध्यापकले बिहीबारबाट विद्यालय बन्द गरेर माइतीघरमा नियमित हाजिर हुने निर्णय गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक–२०८० का कतिपय प्रावधान शिक्षकविरोधी रहेको भन्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा बुधबारबाट आन्दोलन थालेको छ ।
उनीहरुले माग सम्बोधन नभएसम्म बिहीबारदेखि विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।
आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील भएको बताउँदै उनीहरुले उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञप्तिमा ३० सामुदायिक विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन्।





















