काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको विभत्स हत्या भएको छ । गए राती गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
४ जनाको शव विभत्स रुपमा फेला परेको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।
एकै परिवारका ३ जना र एकजना छिमेकीको हत्या भएको प्रहरीले जनाएको छ । ती चारैजना सोही सःमिलमा कार्यरत थिए । हत्या कस्ले गर्यो भन्ने अझै खुल्न बाँकी छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




















