काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि आजलाई पेसी तोकिएको छ।
भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको हो ।
सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । ती किशोरीले गौशलाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठा पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका थिए । यसपछि सर्वोच्च अदालतले सन्दिपलाई विदेश जान लगाइएको प्रतिबन्ध हटाउन आदेश दिएको थियो ।
सन्दिपविरुद्धको मुद्दाको अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ।