काठमाडौं । झण्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो। बैठकमा १० वटा एजेन्डामाथि छलफल हुनेछ।
मंगलबारदेखि बस्ने कांग्रेसको बैठकका लागि पार्टी सभापति देउवा निवास धुम्बाराहीमा सोमबार साँझ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो। सो बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।
कांग्रेसको विधानअनुसार हरेक २ महिनामा गरिनुपर्ने केन्द्रीय समितिको बैठक ११ महिनामा बस्न लागेको छ ।




















