काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाइएको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए। तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।
‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने ।
रूपान्तरण अभियानले प्रदेश भेलाबाट प्राप्त सुझाव पार्टीमा छलफलका लागि बुझाएका हुन्। पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ। जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।




















