काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका छन् ।
उनले केरुङ–काठमाडौ रेलमार्गको सम्भाव्य अध्ययन र दुईदेशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिएका छन् । उनले परराष्ट्रमन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाडै राजदूत नियुक्त गरिने बताएका छन् ।
परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको, पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिएका छन् ।



















