सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको बिद्युतको पोल सर्पोटको लाछी छेउमा गाडिएको तारमा छुँदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतक दुवै जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । सो बसमा १८, २० जना यात्रु थिए । अन्य यात्रु सकुशल रहेको छन् ।
घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।