काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ । आज विहान बसेको संसदीय दलको वैठकले बजेट पासका पक्षमा उभिने निर्णय गर्दै आफ्नो पार्टीका सांसदहरुलाई ह्वीप समेत जारी गरेको छ ।
बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए ।
यसअघि कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए ।


















