काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटक रासायनिक मल अभाव नहुने बताएका छन् । मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको वताउँदै उनले यो वर्ष धान बालीका लागि मल अभाव नहुने दाबी गरेका छन् ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको बताएका छन् ।
यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले विगतको जस्तो मल अभाव नहुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।