काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ।
बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट र त्यसपछि सरकारी वकिललाई बहस गर्नका लागि समय निर्धारण गरिएको छ।
आज बहसका लागि ४:३० बजेसम्मको समय उपलब्ध गराइएको छ। दुवै पक्षको बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो ।



















