काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले सरकारका अधिकारीहरू आफ्नो राष्ट्रिय स्वार्थको बारेमा बोल्न हिच्किचाउन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले सांसद् पन्तले देशहरुको आ-आफ्नै स्वार्थ हुने भएकाले आफ्नो राष्ट्रिय स्वार्थको बारेमा बोल्न हिच्किचाउन नहुने बताएका हुन् । उनले चीनतर्फको बाटो खोल्नुपर्ने बताए ।
बिजुली पहिले देशभित्र उपभोग गर्ने र त्यसपछि चीन र भारततर्फ बजार खोज्नुपर्ने बताए ।
पन्तले भने,‘१० हजार मेगावाट जलविद्युत भारतलाई बेच्ने भनेका छौं । देशभित्र विद्युत पुर्याउन सकेका छैनौं । चाइनासँगको कनेक्टिभिटिको बाटो खोल्नुहोस्,रेल ल्याउनुहोस् । नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस् न, के बिग्रियो र ? इण्डियामा विद्युत बेच्छौं भने चीनमा पनि विद्युत बेचौं न त्यसले त झन् नेपालको राष्ट्रिय स्वार्थ झन् बलियो बनाउँछ । प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीति डिरेल भएको जस्तो लाग्यो । बाटो बिराउन खोजेको जस्तो देखियो ।’



















