काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानलाई उत्पादनको उचित मूल्य नदिएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने बताएका छन् ।
उनले किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य र आम्दानी ग्यारेन्टी नभएसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताएका हुन् ।
ओलीले सामाजिक सञ्जालमार्फत् जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सकिँदैन तबसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले उत्पादनको मूल्य नपाएर सडकमै फ्याक्नु पर्ने अवस्था आउनु दु:खद भएको बताएका छन् ।
आइतबार उचित भाउ नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेडा फ्याँकेका थिए । कालीमाटी तरकारी बजारमा ५ हजार क्रेट अर्थात् १२ हजार ५ सय किलो गोलभेंडा सडकमा फ्याँकिएको थियो । गत साता काभ्रे पाँचखालका किसानले पनि यसैगरी झिकु खोलामा गोलभेंडा फालेका थिए।
ओलीले किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृष्यले मन थाम्न मुस्किल भएको बताएका छन् ।

























